+

पूर्वराष्ट्रपति भण्डारीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्य गर्न आग्रह

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकामाथि हुने हिंसा अन्त्य गर्न  आग्रह गर्नुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रिय बाल दिवस, २०८२ का अवसरमा शुभकामना दिँदै बालबालिकामाथि हुने हिंसा, शोषण, विभेद र दुरुपयोगको अन्त्य गर्न आग्रह गर्नुभएको हो । 


पूर्वराष्ट्रपति भण्डारीको शुभकामनामा बालबालिकाको क्षमता तथा सिर्जनशीलतालाई प्रोत्साहन गर्नु साझा कर्तव्य भएको उल्लेख गरिएको छ । ‘बालबालिकाहरू केबल भविष्यका कर्णाधार मात्र होइनन्, उनीहरू सभ्य र समुन्नत समाज तथा समृद्ध नेपालको आधारशिला पनि हुन्’ शुभकामनामा भनिएको छ– ‘उनीहरूलाई परिवार, समाज र राष्ट्रप्रति जिम्मेवार तथा अनुशासित नागरिक बनाउन, उचित शिक्षा र सकारात्मक वातावरण प्रदान गर्नु अत्यावश्यक छ ।’

उनीहरूको शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षा र प्रतिभा विकासमा गरिएको लगानी नै दिगो तथा सुनिश्चित भविष्य निर्माणको बलियो जग बन्ने उहाँको भनाइ छ ।

चिनियाँ दार्शनिक कन्फ्युसिएसको यो भनाइ स्मरण गर्दै पूर्वराष्ट्रपति भण्डारीले भन्नु यदि तपाईंको योजना एक वर्षका लागि हो भने, धान रोप्नुहोस्, यदि तपाईंको योजना १० वर्षका लागि हो भने, रूख रोप्नुहोस् यदि तपाईंको योजना सय वर्षका लागि हो भने, बालबालिकालाई शिक्षित बनाउनुहोस् भन्ने भनाइ यस सन्दर्भमा मननीय रहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै