
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई चिनियाँ विदेश मन्त्रालयले बधाई दिएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले आइतबार नेपालका अन्तरिम प्रधानमन्त्री कार्कीलाई बधाई दिएका हुन् । ‘चीनले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री बन्नुभएकोमा सुशीला कार्कीलाई बधाई छ’ विदेश मन्त्रालयले भनेको छ, ‘चीन र नेपालको मित्रता पुरानो र ऐतिहासिक छ।’
मन्त्रालयले अगाडि थपेको छ, ‘चीनले सधैंझैं नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान गर्दछ।’
चीनले दुई देशबीचको आपसी सहयोग र द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने स्पष्ट पारेको छ । ‘हामी नेपालसँग मिलेर पञ्चशीलका सिद्धान्तहरूलाई प्रवर्द्धन गर्ने, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोगलाई सुदृढ बनाउने र द्विपक्षीय सम्बन्धलाई अझ अगाडि बढाउने तयारीमा छौँ’ चीनले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन