+

बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन

काठमाडौँ । बारबरा फाउन्डेशनले ‘हामी नेपाल’ नामक संस्थासँग कोभिड महामारीपछि आफूहरुको कुनै सम्बन्ध नभएको जनाएको छ । बारबराले कोभिडको बेला आफूहरुले ‘हामी नेपालसँग सहकार्य गरेको भए पनि कुनै आर्थिक सम्बन्ध नरहेको समेत स्पष्ट पारेको छ । 


फाउन्डेशनले आफ्नो नाम जोडेर भ्रामक प्रचार भएको भन्दै आपत्ति जनाएको हो । फाउन्डेशनले आइतबार पत्रकार सम्मेलन गर्दै हामी नेपालसँग कोभिड महामारीको समयमा सहकार्य भएको, तर सो संस्था वा यसका पदाधिकारीसँग कुनै आर्थिक सम्बन्ध नभएको जनाएको हो ।

फाउन्डेशनले पछिल्लो राजनीतिक अवस्थाका कारण आफूमाथि लगाइएका आरोपलाई ‘अनर्गल प्रचार’ भन्दै खण्डन गरेको छ । गैरनाफामूलक सामाजिक संस्था बारबरा फाउन्डेशनको स्थापना अमेरिकी नागरिक बारबरा एडम्सको नाममा गरिएको थियो । उनले आफ्नो सम्पूर्ण सम्पत्ति फाउन्डेशनलाई दान गरेको र नेपाली नागरिककै रूपमा यहीँ देहत्याग गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसबाहेक फाउन्डेशनले खोजपत्रकारिता पुरस्कार, वातावरण, संस्कृति, र सम्पदा संरक्षणका लागि फेलोसिप, तथा टक सेरिज सञ्चालन गर्दै आएको छ । फाउन्डेशनले जनाएअनुसार हालसम्म बारबरा एडम्सको सम्पत्तिबाट २ करोड ८८ लाख र नेपाली दाताहरूबाट कुल ७ करोड ८२ लाख प्राप्त गरेको छ । संस्थाको वार्षिक बजेट ५० लाख रहेको र ८ वर्षमा ३ करोड ६४ लाख खर्च भएको छ । हाल ३ करोड ९५ लाख बैंक मौज्दात रहेको फाउन्डेसनले जनाएको छ ।

सामाजिक सञ्जालमा भाइरल भिडियो, जसमा हामी नेपालले ‘हामी सबै कुरा सन्दुक रुइतलाई सोधेर उहाँको निर्देशनमा गछौं’ भनिएको छ, त्यसबारे पनि फाउन्डेशनका सन्दुक रुइतले खण्डन गर्नुभएको छ । 
‘त्यो कोभिडको समयको भिडियो हो । त्यसबेला हामीले सहयोग गरेका थियौं’  पत्रकार सम्मेलनमा रुइतले भन्नुभयो – तर अहिले त्यही पुरानो भिडियो फैलाइएको हो । अहिले त्यो संस्थासँग कुनै सम्बन्ध छैन । कुनै बेला म सुधन राईको मेन्टर चाहिँ हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै