+

निवर्तमान प्रधानमन्त्री ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दा

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध  कर्तव्य ज्यान मुद्दा परेको छ । 


कांग्रेस नेता तथा पूर्वसांसद अभिषेक प्रताप शाहले निवर्तमान प्रधानमन्त्री ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय मार्फत महानगरीय प्रहरीवित्त नयाँ बानेश्वर काठमाडौंमा कर्तव्य ज्यानको मुद्दा दिएका छन् ।

नेता शाहले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई जारीपत्र बुझाएका छन् । प्रजिअ तामाङले जाहेरी पत्र आफूले सम्बन्धित निकायमा पुर्‍याउने जनाएका छन् । निवर्तमान प्रधानमन्त्री ओलीको आदेशले नै सुरक्षाकर्मीले गोली चलाउँदा थुप्रै मान्छेको ज्यान गएको उनले आरोप लगाएका छन् ।

जेनजी प्रदर्शनका क्रममा अहिले सम्म ५१ जनाले ज्यान गुमाएका छन् । सोही कारण ओलीको चौतर्फी विरोध गरिएको थियो । उनले सोही कारण प्रधानमन्त्रीपदबाट राजीनामा दिएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै