
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकमा बलियो राष्ट्रिय शक्ति निर्माणमा सघाउन संस्कृतिकर्मीलाई आग्रह गर्नुभएको छ ।
एमाले महासचिव पोखरेलले राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालले आजआयोजना गरेको कार्यक्रममा राजनीतिक परिवर्तन भएपछि सबै कुरा पुग्यो भनेर बस्न नहुने उल्लेख गर्दै राजनीतिक परिवर्तन माध्यममात्र भएको र आफूहरुको लक्ष्य समृद्धि र समाजवाद भएको बताउनुभएको हो ।
‘अहिले समाजमा एक प्रकारको अन्योल पनि सृजना भएको देखिन्छ, लोकप्रियतावाद हावी भएर गम्भीर विषयले महत्व नपाएको स्थिति छ’ उहाँले भन्नुभयो– ‘यस अवस्थामा स्रष्टा र कलाकारले आफ्ना बौद्धिक र सन्देशप्रद रचनाबाट समाजलाई प्रभाव पार्न सक्नुपर्छ । त्यसले एमालेको बलियो राष्ट्रिय शक्ति निर्माणको यात्रालाई पनि सघाउन सक्नेछ ।’
कार्यक्रममा एमालेका उपमहासचिव विष्णु रिमालले साहित्यकार र कलाकारहरुले समाजलाई युगौँसम्म सकारात्मक ऊर्जा दिन सक्ने क्षमता हुने भएकाले राजनीतिक दललाई पनि स्रष्टाका रचनाले प्रेरणा मिल्ने बताउनुभयो ।
पार्टीका पोलिटब्युरो सदस्य सुजिता शाक्यले आफू पञ्चायतकालमा विद्यार्थी हुँदा सांस्कृतिक अभियानमा जोडिएको सन्दर्भ उल्लेख गर्दै समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रिय आकाङ्क्षामा साथ दिन स्रष्टाहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले गएको वैशाख ८ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न राष्ट्रिय परिषद् सदस्यको महाधिवेशनमा कलाकर्मीले सृजनाका माध्यमबाट साथ दिएको अवगत गराउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन