
काठमाडौँ । प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले आयात प्रतिस्थापन गर्न नसके मुलुक आर्थिक सङ्कटमा पर्ने भन्दै सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकअन्तर्गत विभिन्न मन्त्रालयगत विनियोजन विधेयक, २०८१ माथि भएको छलफलमा उहाँले आयात प्रतिस्थापन गर्नुपर्ने उल्लेख गर्नुभएको हो ।
औद्योगिक क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई प्रभावकारी रूपमा प्रयोग गर्न सक्नुपर्ने सांसद केसीले बताउनुभयो । ‘गत वर्षभन्दा करिब एक प्रतिशत औद्योगिक उत्पादन कम भएको छ, निजी क्षेत्र निराश छ । उनीहरूलाई प्रोत्साहन गर्ने वातावरण सिर्जना गर्नुपर्छ’ उहाँले भन्नुभयो– ‘आयात प्रतिस्थापन र निर्यात वृद्धिमा गम्भीर हुन नसकेमा राष्ट्रिय अर्थतन्त्र सङ्कटमा पर्छ ।’
सांसद केसीले पैतालीस प्रतिशत वनजङ्गलले ओगटे पनि १८ अर्ब रुपैयाँ मूल्य बराबरको फर्निचर आयात भइरहेकाले यसलाई रोक्न पहल गर्नुपर्ने बताउनुभयो । मुलुकको अर्थतन्त्र विकासका लागि कृषि प्रमुख क्षेत्र रहे पनि मल नपाउँदा वर्षेनी किसान समस्यामा परेकाले आवश्यकताअनुसार मल आपूर्ति गर्न उहाँले सुझाव दिनुभयो । डोजर आतङ्कका कारण प्राकृतिक विपत्ति निम्तिन सक्ने भएकाले सरकार गम्भीर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
भूमि व्यवस्थापनबारे सरकारले गम्भीर रूपमा छलफल अगाडि बढाउनुपर्ने सांसद केसीले बताउनुभयो । अहिलेसम्म सुकुम्बासी आयोग गठन भए पनि समस्या जस्ताको तस्तै छ, कसरी समाधान गर्ने भन्नेमा सरकार गम्भीर हुनुपर्छ’ उहाँले भन्नुभयो– ‘धनी र गरिबबीचको खाडल कम गर्न सक्नुपर्छ ।’
सहकारी ठगहरूलाई सरकारले कारबाहीको दायरामा ल्याउनुपर्नेमा सांसद केसीले जोड दिनुभएको छ । गरिबी न्यूनीकरणका लागि ठोस कार्यक्रम र नीति आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा उल्लेख नभएको भन्दै उहाँले रोजगार समस्या र गरिबी निवारणमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । स्वास्थ्य क्षेत्रका लागि कुल बजेटको ४ दशमलव ६४ प्रतिशतमात्र बजेट विनियोजन भएकामा यो रकम अपुग भएको सांसद केसीको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै