
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गणतन्त्रको उपलब्धिलाई संस्थागत गर्दै समृद्धिको गतिलाई तीव्रता दिनुपर्ने बताउनुभएको छ ।
गणतन्त्र दिवस, २०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धि : समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उहाँले विश्वमै अभ्यास रहेका व्यवस्थामध्ये गणतन्त्र उत्कृष्ट शासन व्यवस्था भएको दाबी समेत गर्नुभयो । उहाँले भन्नुभयो– ‘गणतन्त्रलाई विभिन्न कोणबाट बदनाम गर्ने प्रयास भइरहेकोप्रति परिवर्तनकारी शक्ति सचेत रहनुपर्दछ ।’
सांसद साहले मुलुकमा समृद्धिका लागि सुशासन अपरिहार्य भएको जनाउँदै केही असफल नेतृत्वका कारण गणतन्त्र कमजोर बन्न हुँदैन भन्नुभयो । ‘गणतन्त्र सुन्दर व्यवस्था भए पनि सञ्चालकले यसलाई ठिक मार्गबाट अघि बढाउन नसक्दा जनताले जति लाभ प्राप्त गर्नुपर्ने थियो, त्यो हुन नसकेको कारण आम जनतामा केही निराशा बढेको छ उहाँले भन्नुभयो ।
पूर्वशहरी विकासमन्त्री समेत रहनुभएका साहले गणतन्त्र उत्तम व्यवस्था भएकाले समृद्धिका लागि हालको गतिमा परिवर्तन ल्याउनु आवश्यक रहेकामा जोड दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन