
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले बजेटमा देश विकासको एकीकृत योजना हुनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा उहाँले कर्णालीमा छोरी खाता कार्यक्रम लागू गरेको बताउनुभयो । सांसद शाहीले सङ्घीय बजेटले महिलालाई आत्मनिर्भर बनाउन कन्जुस्याइँ गर्न नहुने उल्लेख गर्नुभयो । साथै, ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक व्यवहार गर्न र उहाँहरुको ज्ञान युवापुस्ताले अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो । बजेटमा देश विकासको एकीकृत योजना हुन आवश्यक रहेको उहाँको भनाइ छ ।
शहरी विकास मन्त्रालयले १ लाखदेखि ५० हजार रुपैयाँसम्मका टुक्रे बजेट ल्याएको टिप्पणी गर्दै सांसद शाहीले यस्ता योजना नतिजामुखी कार्ययोजना नहुने बताउनुभयो । टुक्रे बजेट आउनुमा अर्थमन्त्री वर्षमान पुनको दोष नभई विधि र प्रक्रियाको रहेको बताउनुभयो ।
‘विकासका नयाँ मोडलमा योजना बन्नुपर्छ । टुक्रे बजेटले उपलब्धि पाइँदैन’ सांसद शाहीले भन्नुभयो– ‘हाम्रो देशको बजेट अनुत्पादित क्षेत्रमा बढी भयो । उत्पादितमा लगानी गर्नुपर्छ ।’ उहाँले बजेट देशको साझा मुद्दा भएको हुँदा सबै सांसद र नेतृत्वले यसको सही सदुपयोग गर्न बृहत् छलफल गर्न आवश्यक रहेको बताउनुभयो ।
ऋण लिएर अनुत्पादित क्षेत्रमा लगानी गर्नु हुँदैन भन्ने उहाँको धारणा छ । साथै आर्थिक कारणले महिलामाथि हिंसा बढेको उल्लेख गर्दै सांसद शाहीले न्यूनीकरणका लागि महिला लक्षित कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन