
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ ।
मन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय हित र आपसी सहयोगका विषयमा छलफल भएको मन्त्री भण्डारीका स्वकीय सचिव आनन्दप्रसाद भट्टले जानकारी दिनुभएको छ। उहाँले राजदूतसँगको भेटमा जलविद्युत् तथा ऊर्जा क्षेत्रका साथै उत्पादनमूलक उद्योग, सूचना प्रविधि र अन्य सेवा क्षेत्रमा बेलायती लगानीको ठोस प्रयास हुने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री भण्डारीले भन्नुभयो– ‘नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने भएको छ, त्यसपश्चात्को केही वर्षका लागि अति कम विकसित मुलुकलाई प्रदान गरिएको सुविधाको निरन्तरताका लागि पहल गरिदिन पनि आग्रह गर्दछु ।’
उहाँले नेपालको उत्पादनशील क्षमता विकास गरी निर्यात अभिवृद्धि गर्न उद्योग तथा निर्यात व्यापार लक्षित प्राविधिक सहायता विस्तारका लागि समेत अनुरोध गर्नुभयो । मन्त्री भण्डारीले भन्नुभयो– ‘अन्तरआवद्धता, पूर्वाधार विकास, ऊर्जा, व्यापार, पर्यटन, लगानी तथा जनस्तरको सम्बन्ध लगायत क्षेत्रमा बेलायत सरकारसँग साझेदारी विस्तारमा नेपाल प्रतिवद्ध छ, हामी उद्योग, जलविद्युत् र शिक्षा क्षेत्रको विकासमा बेलायतको अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभान्वित हुन चाहन्छौँ ।’
भेटवार्तामा राजदूत फेनले नेपालको निजी क्षेत्रको विकास बेलायतको प्राथमिकतामा रहेको जनाउँदै नेपाल सरकारसँग नजिक भएर काम गर्न इच्छुक रहेको धारणा राख्नुभयो । उहाँले भेटवार्तामा नेपाली निर्यातलाई प्रवद्र्धन गर्न सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
राजदूत फेनले बेलायत खुला अर्थतन्त्रको पक्षपाती मुलुक भएको जनाउँदै नेपाल र विश्व बजारका बीचमा आफूले सेतुको भूमिका खेल्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन