
सुदूरपश्चिम । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले प्रदेश सरकारले विधि, पद्धति र नियमभन्दा बाहिर गएर आगामी आर्थिक वर्षको बजेट ल्याएमा कांग्रेसलाई मान्य नहुने बताएको छ ।
आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले आगामी आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रमजस्तै ढङ्गले बजेट ल्याइएमा कांग्रेसले प्रतिवाद गर्ने बताउनुभयो ।
बजेटको तयारी मन्त्री र नेताको सचिवालयका कार्यकर्ता तथा विचौलियाको प्रभावमा नभई मन्त्रालयको प्रक्रिया, विधि, पद्धति र नियममा बसेर बजेट निर्माण गर्न सरकारलाई सचेत गराउने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
कांग्रेसले आगामी आर्थिक वर्षका लागि अनावश्यकरुपमा बजेटको आकार बढाएर आफ्ना सांसद र कार्यकर्तालाई थम्थम्याउने काम नगर्न पनि सचेत गराएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकार जोगाउने नाममा मन्त्रालय फुटाएर आर्थिक व्ययभार थप्नेगरी मन्त्री नियुक्त गर्ने कुराको विरोध गर्ने पनि शाहले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन