
चितवन । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई विधि र पद्धति अनुसार चलाउन आवश्यक रहेको बताउनुभएको छ ।
कांग्रेस चितवन क्षेत्र नम्बर ३ ले आज यहाँ आयोजना गरेको शैलजा आचार्यको १५ औँ स्मृति सभालाई सम्बोधन गर्दै उहाँले पार्टीलाई विधि पद्धतिमा चलाउन मूल नेतृत्व नै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो– ‘पार्टीभित्रको समस्या समाधान गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्छ । त्यसका लागि पार्टी विधि र पद्धतिमा चलाउन आवश्यक छ ।’ नेता केसीले स्व आचार्यको योगदानको कदर गर्न उहाँले देखाएको बाटोमा पार्टी हिँड्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कांग्रेस नेता जगदिश नरसिंह केसी, पार्टीका चितवन जिल्ला सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, बागमती प्रदेशसभा सदस्य उत्तम जोशी, सविता बराल, मङ्गलध्वज गुरुङ, श्रीकान्त बराल, क्षेत्रीय सभापति लालबहादुर दवाडीलगायतले आचार्यको योगदानको चर्चा गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन