
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद बद्री पाण्डे अछामको बयलपाटा अस्पताल सञ्चालनमा आर्थिक अभाव देखिएको अवगत गराउँदै सहयोगका लागि नेपाल सरकारलाई आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले उक्त अस्पताललाई कोभिड–१९ पछि अन्तर्राष्ट्रिय अनुदान सहयोग आउन रोकिएको बताउनुभयो । उहाँले कोरोनापछि सुदूरपश्चिम सरकारले सञ्चालनमा आर्थिक सहयोग गर्दै आएको भएपनि पछिल्लो बजेटमा खर्च कटौती भएपछि सञ्चालनमा समस्या आएको र बन्द हुने अवस्था पुगेको गुनासो गर्नुभयो ।
सांसद पाण्डेले सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा सञ्चालन व्यवस्थापनका लागि बजेट विनियोजन गर्न र साथै सङ्घीय सरकारबाट पनि अनुदान प्रदान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
कांग्रेसका नेता एवं सांसद अजयकुमार चौरासियाले गत साता तराई मधेसमा हुरी र आँधीले सयौँ घर र कृषिमा ठूलो क्षति पुर्याएको बताउँदै तीनै तहका सरकारसँग आवश्यक क्षतिपूर्ति, राहत र सहयोगका लागि आग्रह गर्नुभयो । साथै उहाँले मधेसमा खानेपानीको समस्या बढ्दै गएको उल्लेख गर्दै यसबारेमा दीर्घकालीन व्यवस्था गर्न माग गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं सांसद ज्ञानबहादुर शाहीले हालै प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ले गर्नुभएको भारतको भ्रमणका क्रममा उहाँलाई आवश्यकताअनुसारको सम्मान नभएको टिप्पणी गर्दै त्यस बारेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । साथै उहाँले गृहमन्त्रीले सदनमा ठूला फाइल खोल्छु भने जानकारी गराउनुभएको तर गिरिबन्धु स्टेट, मेलञ्ची, फोरजी, वाइडबडीलगायतका ठूला अनियमितताका फाइल कहिले खुल्छ भनी प्रश्न गर्नुभयो । उहाँलाई जिबी राई किन पक्राउ गर्न नसकेको र निर्मला पन्तकोे बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कहिले सजाय हुन्छ भनी जवाफ माग गर्नुभयो ।
कांग्रेसका नेता एवं सांसद राजेन्द्र बजगाईले गोरखाको चुमनुब्री गाउँपालिकका–७ का राप्के लामा र कर्माछेदिङ लामा डेढ महिना अघि चीनको स्वशासित क्षेत्र तिब्बतबाट टेलिफोन आएपछि त्यसतर्फ जानु भएको र हालसम्म अज्ञात अवस्थामा रहनुभएको बताउनुभयो ।
उहाँले त्यस घटनाबारे नेपाल सरकारलाई जानकारी नभएको भन्दै तत्काल खोजी र रिहाईका लागि सरकारसँग पहल गर्न माग गर्नुभयो । सांसद बजगाईले हिमाल आरोही निर्मल पूर्जाका विवादास्पद कार्य तत्काल नियन्त्रण गर्नुपर्ने माग गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन