
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निजी क्षेत्रसँगको सहकार्यले नै विकासको प्रतिफल आउने बताउनुभयो ।
मुख्यमन्त्री कँडेलले आज सुर्खेतस्थित बुलबुले तालमा मोटरबोटको औपचारिक उद्घाटन गर्दै कर्णालीमा रहेका सम्भावनालाई साकार पार्न सबै मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो ।
मुख्यमन्त्री कँडेलले सरकारले बजेट हेरेर कार्यक्रम बनाउने प्रवृतिले प्रतिफल आउन नसकेको धारणा राख्नुभयो । ‘कार्यक्रम र आवश्यकता हेरेर बजेट बनाउनुपर्ने हो तर बजेट हेरेर कार्यक्रम बनाउन लागिएकाले समस्या भइरहेको छ । कर्णालीमा गर्नुपर्ने काम धेरै बाँकी छन्, त्यसैले अब स्रोतसाधन र आवश्यकतालाई ख्याल गरेर आशा जगाउने गरी काम गर्नुपर्ने आवश्यकता छ’ मुख्यमन्त्री कँडेलले भन्नुभयो ।
उहाँले कर्णालीमा पर्यटन प्रवर्द्धन गर्न बुलबुले ताल तथा समग्र क्षेत्रको विकासका लागि आफ्नो ध्यान केन्द्रित भएको बताउनुभयो । कर्णालीको परिचय बदल्न अब सबै एकतावद्ध हुनुपर्ने उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन