
काठमाडौँ । सभामुख देवराज घिमिरेसँग नेपालका लागि नर्वेजियन राजदूत तोरुन ड्रामडलले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, विकास सहयोग ल.गायतका विषयमा छलफल भएको जनाइएको छ ।
भेटवार्तामा सभामुख घिमिरेले सन् १९७३ मा कुटनीतिक सम्बन्ध स्थापना भएपछि दुई मुलुकबीच उच्चस्तरीय राजनीतिक नेतृत्व तथा कुटनीतिक तहमा भ्रमणको आदानप्रदान भएको, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार, पर्यटन लगायतका क्षेत्रमा सहकार्य भएको उल्लेख गर्नुभएको थियो ।
‘विकास साझेदारकारुपमा नेपालले नर्वेसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको छ’ उहाँले भन्नुभयो– ‘नर्वे सरकारले नवीकरणीय ऊर्जा, शिक्षा तथा सुशासनका क्षेत्रमा गरेका कामहरु हाम्रा लागि पनि उपयोगी भएका छन् ।’ लामो राजनीतिक संक्रमणकालपछि नेपालमा अहिले दिगो आर्थिक विकास तथा शान्ति र स्थायित्वको अभियान शुरु भएको सभामुखको भनाइ छ ।
त्यस अवसरमा नर्वेजियन राजदूत तोरुन ड्रामडलले सन् १९७३ मा कुटनीतिक सम्बन्ध स्थापना भएपनि सन् १९५० देखि नै दुई मुलुकबीच मैत्रीपूर्ण सम्बन्ध रहेको बताउनुभएको थियो । उहाँले आफ्नो मुलुकले नेपालका विभिन्न क्षेत्रमा ३ करोड ५० लाख अमेरिकी डलर बराबरको सहयोग गरेको उल्लेख गर्नुभयो ।
राजदूत ड्रामडलले दुई मुलुकबीच समय समयमा उच्चस्तरीय भ्रमण भइरहेको स्मरण गर्दै आगामी सेप्टेम्बरमा नर्वेको परराष्ट्र तथा रक्षासम्बन्धी संसदीय समितिले नेपाल भ्रमण गर्न लागेको जानकारी दिनुभयो ।
सभामुख घिमिरेले पनि नेपालको संसदीय संसदमा नेपाल–नर्वे संसदीय मैत्री समूह गठन भएको जानकारी दिँदै आगामी सेप्टेम्बरमा नर्वेको परराष्ट्र तथा रक्षासम्बन्धी संसदीय समितिको नेपाल भ्रमणले संसदीय आदान प्रदानलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै