
काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले हिन्दी भाषा तथा साहित्यले नेपाल र भारतबीच जनस्तरमा सम्बन्ध प्रगाढ बनाउने कार्य गरेकाले यसको प्रवद्र्धन आवश्यक भएको बताउनुभएको छ ।
त्रिभुवन विश्वविद्यालय, केन्द्रीय हिन्दी विभागको आयोजनामा आजदेखि त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा शुरु भएको ‘दुईदिने विश्व परिवेशमा नेपाल र भारतका सामाजिक परिवर्तन’ विषयक गोष्ठीमा परराष्ट्रमन्त्री श्रेष्ठले दक्षिण एशियाले विश्व जनसंख्याको उल्लेख्य हिस्सा ओगट्ने भएकाले नेपाल र भारतसहितका दक्षिण एसियाको आवाज अब विश्व मञ्चमा विशेष अर्थ राख्ने दिन आएको धारणा राख्नुभयो ।
भौगोलिक र आर्थिक मात्र नभई सांस्कृतिक तथा पारिवारिक सम्बन्धले जोडिएका नेपाल र भारतको सम्बन्धलाई हिन्दी भाषाको अध्ययन–अध्यापनले थप गाढा बनाएको उहाँले बताउनुभयो ।
कार्यक्रममा सांसद अमरेशकुमार सिंहले साहित्य, भाषा र कला एउटा देशको सीमाभित्र साँघुरिएर रहने बताउनुभयो । राजनीतिक र भौगोलक कारण सीमा तोकिए पनि साहित्यले कुनै पनि सम्बन्धित भाषालाई विश्वस्तरमा पुर्याउन विशेष योगदान दिने उहाँले बताउनुभयो ।
त्रिवि हिन्दी केन्द्रीय विभागका प्रमुख सञ्जिता बर्माले विद्यार्थी पाउने सम्भावा भए पनि स्नातकमा हिन्दी पढेकै हुनुपर्ने नियमका कारण हिन्दी पढ्न खोज्ने कैयौँ विद्यार्थीले यो भाषा पढ्नबाट वञ्चित हुनुपरेको बताउनुभयो । विभागको आफ्नै भवनलगायत न्यूनतम पूर्वाधार हालसम्म प्राप्त गर्न नसकिरहको उहाँले गुनासो गर्नुभयो ।
कार्यक्रममा परराष्ट्रमन्त्री श्रेष्ठले हिन्दी भाषाका करिब आधा दर्जन कृति विमोचन गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै