
मोरङ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने आज विराटनगर आइपुग्नुभएको छ । उहाँ कोशी प्रदेशस्तरीय सुरक्षासम्बन्धी बैठकमा सहभागी हुन यहाँ आउनुभएको हो ।
सुरक्षा समितिको बैठक अगाडि गृहमन्त्री लामिछाने राजस्व चुहावट रोकथामसम्बन्धी बैठकमा सहभागी हुनुभएको छ । प्रदेशस्तरीय सुरक्षा समितिको बैठक अपराह्न ३ बजे हुने मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो । बैठकपछि सञ्चारकर्मीलाई बैठकको उद्देश्यबारे उहाँले जानकारी गराउनुहुने बताइएको छ ।
बैठकमा कोशी प्रदेशका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुखलगायत सहभागी हुने प्रजिअ भट्टराईले बताउनुभयो ।
यसअघि, विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै गृहमन्त्री लामिछनेले सरकारले विपद् व्यवस्थापनको आवश्यक तयारी गरिरहेको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन