
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मुलुक भारतको भ्रमणमा जानुहुने भएको छ । उहाँ भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र दामोदार मोदीको शपथग्रहणमा सहभागी हुन त्यसतर्फ जान लाग्नुभएको हो । प्रधानमन्त्री प्रचण्ड आइतबार नेपालबाट नयाँ दिल्ली प्रस्थान गर्नु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार आइतबार आयोजना हुने शपथग्रहण समारोहमा सहभागी भएपछि उहाँले भारतका प्रधानमन्त्री मोदीसँग छुट्टै भेट गर्नु हुने कार्यक्रम रहेको छ । भारतका प्रधानमन्त्री मोदीको यो तेस्रो कार्यकालको शपथग्रहण हो । भारतमा तेस्रो पटक प्रधानमन्त्री हुने सुनिश्चित भएपछि प्रधानमन्त्री प्रचण्डले टेलिफोनमार्फत मोदीलाई बधाई दिनुभएको थियो । साथै मोदीले शपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा गर्नुभएको थियो ।
त्यसलगत्तै गत बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण स्वीकृत गरेको हो । यसैबिच प्रधानमन्त्री प्रचण्डले शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी आफ्नो भारत भ्रमणबारे जानकारी गराउनुभएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्डका साथमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, सरकारका उच्चाधिकारी र उहाँकी सुपुत्री गङ्गा दाहाल भ्रमणमा जानुहुने छ । प्रधानमन्त्री प्रचण्ड सोमबार स्वदेश फर्कनुहुने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन