
काठमाडौँ । संघीय सरकारका खानेपानी मन्त्री राजेन्द्रकुमार राईले जलवायु परिवर्तनका कारण प्राकृतिक सम्पदामा ठूलो असर परिरहेको बताउनु भएको छ।
मन्त्री राईले डिप्लोमा इन्जिनियर्स एशोसिएसन, नेपाल (डिन) को ४४ औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै जलवायु परिवर्तनको असर सतहमै पुगेको दाबी गर्नुभयो । ‘पछिल्लो समय जलवायु परिवर्तनका कारण अच्चम्मका घटना भइरहेका छन्’ उहाँले भन्नुभयो– ‘हिमालमा फल्ने फलफुल पहाडमा उत्पादन हुन थालेका छन् । हिमालमा हिउँको सतह घट्दै छ । गर्मी प्रत्येक बर्ष बढिरहेको छ, त्यसको असर बढ्दै गएको छ ।’
मन्त्री राईले सबै सजक भएर वातावरण जोगाउन जुट्न आग्रह गर्नुभएको छ ।
कार्यक्रममा एमाले बाग्मती प्रदेश सभा सदस्य पूर्व योजना आयोगका उपाध्यक्ष डा।दिनेश चन्द्र देवकोटाले समाज रुपान्तरण गर्ने क्रममा डिप्लोमा इन्जिनियरिङको ठूलो भूमिका रहेको बताउनुभयो । उहााले पछिल्लो समय जलवायु प्रदुषणका कारण देशमा जमिनको बिग्रिदो अवस्था रहेको, बर्षायाम आए पछि डराउनुपर्ने अवस्था आएकोमा दुख व्यक्त गर्दै पुरानै अवस्थामा जमिनलाई ल्याउनको लागि वन विनासलाई कम गर्दै वातावरण संरक्षणमा जुट्न आह्रवान गर्नुभएको छ ।
अहिले विकास निर्माणमा चरम लाप्रवाहीका कारण विकास निर्माणका काम सुरु नहुँदै नष्ट हुने गरेको भन्दै उहाँले जलवायु परिवर्तनको कारणले खानेपानी, जलविद्युत क्षेत्रमा देशकै समग्र जिडिपी कम हुँदै गएको बताउनुभयो । वातावरणलाई सुरक्षित गर्नको लागि मुख्य रुपमा पानी, कृषि र वनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने, परम्परागत नभएर ग्रिन इकोनमीलाई प्राथमिकता दिनुपर्ने, छरिएको पुँजीलाई एकिकृत गर्नुपर्ने, सहकारी समस्या समाधान गर्नुपर्ने र जलविद्यूतको अवसरलाई उपयोग उहाँको जोड छ ।
पछिल्लो समय भारत र चीनबाट सिमानामा गर्ने उद्योगको विकासका कारण नेपालको वातावरणमा गम्भिर असर परेको भन्दै देवकोटाले आपसमा साँझेदारी गरेर समस्या समाधानमा जोड दिनुभयो ।
कार्यक्रममा डिप्लोमा इन्जिनियर्स एशोसियसन नेपाल (डिन) का अध्यक्ष कामेश्वर प्रसाद सिंहले देशमा निर्माण हुने हरेक विकास निर्माणका काम प्राकृति रुपमा नै सहज हुने गरी निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । प्राकृतिक सम्पदाहरुको संरक्षण गर्दै विकास निर्माणलाई दिगो बनाउन डिनको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने उहाँको निचोड छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन