
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी र नर्वेका राजदूत तोरन ड्रामडालबीच भेटवार्ता भएको छ ।
नर्वेका राजदूत आज सिंहदरबारस्थित मन्त्रालय पुगेर मन्त्री जोशीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो । भेटवार्तामा उहाँहरुबीच आपसी सहयोग, द्विपक्षीय हित लगायतका विषयमा छलफल भएको मन्त्री जोशीको सचिवालयले जनाएको छ ।
मन्त्री जोशीले भेटवार्तामा राजदूत ड्रामडालको सफलताको शुभकामना व्यक्त गर्दै नेपाल र नर्वेबीचको सम्बन्धलाई जनस्तरमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको छ।
राजदूत ड्रामडालले दुवै मुलुकको विकास तथा समृद्धिका लागि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दै सूचना प्रविधि तथा जलवायु परिवर्तनका क्षेत्रमा सहयोगको लागि विश्वास व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन