
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त हुनुभएको छ । मुख्यमन्त्री यादव प्रदेशसभामा विश्वासको मत गुमाएपछि पदमुक्त हुनुभएको हो ।
मुख्यमन्त्री यादवले आफूलाई विश्वासको मत दिन गरेको प्रस्ताव प्रदेशसभामा बहुमतद्वारा अस्वीकृत भएको छ ।
प्रदेश सभामा मुख्यमन्त्री यादवले राखेको मत लिने प्रस्तावको पक्षमा ५० मत परेको थियो । प्रस्तावको विपक्षमा ५३ मत पर्यो । तटस्थमा ० मत पर्यो । मतदानमा १०३ सांसद सहभागी रहेको सभामुख रामचन्द्र मण्डलले बताउनु भयो ।
यादवले विश्वासको मत गुमाएपछि मधेस प्रदेशमा फेरि नयाँ सरकार गठन प्रक्रिया शुरु हुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन