
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक स्रोतको अत्यधिक दोहन, अविवेकी उपभोग र अव्यवस्थित विकास निर्माणका गतिविधि गर्न नहुनेमा जोड दिनुभएको छ।
विश्व वातावरण दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले प्राकृतिक स्रोतका अत्यधिक दोहन र अविवेकी उपयोगले वातावरणमा असामान्य असन्तुलन उत्पन्न भई वायु प्रदूषण, जैविक विविधताको नास, जलवायु परिवर्तन जस्ता सङ्कट भोग्न बाध्य हुनुपरेको वास्तविकता औँल्याउनुभएको छ ।
सन्देशमा उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ – ‘जलवायु परिवर्तनले विश्वव्यापी सङ्कटको स्वरुप ग्रहण गरिरहेको परिवेशमा दिगो परिस्थितिकीय प्रणालीको संरक्षण गर्दै प्रकृति र मानवबीचको अहअस्तित्व कायम राख्न आज नागरिक समाज, निजी क्षेत्र र सबै तहका सरकार जिम्मेवार बन्न जरुरी छ ।
‘यसका लागि एकातिर इनार, पोखरी, नदी, ताल लगायत पानीका स्रोतहरूको संरक्षण, जमिनमुनिको पानीको दिगो सदुपयोग र पुनःभरण, जैविकखेती प्रणालीको प्रवर्द्धन, विद्युतीय चुलो र सवारी साधनलाई प्रोत्साहन गर्नुपर्ने हुन्छ भने अर्कोतिर विषादी एवं करेन्ट प्रयोग गरी माछा मार्ने कार्यमा रोक, डढेलो लगाउने प्रवृत्तिमाथि रोक, प्लाष्टिकजन्य सामग्रीको प्रयोगमा न्यूनीकरण तथा व्यवस्थापन जस्ता आधारभूत विषयलाई चक्रीय अर्थतन्त्रको सिद्धान्तअनुसार जीवनको अभिन्न अङ्गको रूपमा ग्रहण गर्नुपर्ने हुन्छ’ उहाँले सन्देशमा भन्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै