+

मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सरकारलाई सांसदहरुको सुझाव

काठमाडौँ ।  प्रतिनिधिसभाका सांसदहरुले सरकारलाई मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न ो सुझाव दिनुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले आसन्न मनसुनजन्य घटनाबाट हुन सक्ने सम्भावित क्षतिको आकलन गरी न्यूनीकरण र रोकथामका योजनालाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न माग समेत गर्नुभएको छ । 

बैठकमा नेपाल कम्युनिष्ट (एमाले) का रघुजी पन्तले बाढी र पहिरोबाट हुन सक्ने क्षतिको प्रक्षेपण सार्वजनिक भसकेकाले त्यसको रोकथामको योजना बनाएर कार्यान्वयन गर्न माग गर्नुभयो । त्यही दलका  मानवीर राईले सोलुखुम्बुमा बाढी, पहिरो र हिमपहिरोको जोखिम भएकाले रोकथामको पूर्वतयारीमा जुट्न सम्द्धव निकायलाई आग्रह गर्नुभयो ।
    
नेकपा एमालेकै मनबहादुर गुरुङले हुरी र वर्षाबाट कास्कीको रुपा गाउँमा भएको क्षति भएको र पीडितलाई सघाउन सरकारको ध्यानाकर्षण गराउनुभयोे । त्यही दलका भीम आचार्यले सुनसरीको इनरुवा हुँदै भण्टाबारी जाने रेलमार्गका लागि तोकिएको मुअब्जा नपाउँदा स्थानीयवासी प्रभावित भएका बताउनुभयो । एमालेकै महेश बर्तौलाले मकवानपुरको दामन र सिमभञ्याङ क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न बजेट विनियोजन हुनुपर्ने माग गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का  माधव सापकोटाले वर्षायाम सुरु हुन लागेकाले तातोपानी नाका स्तरोन्नतिका लागि चीनसँग भएको सहमति कार्यान्वयनका लागि ध्यानाकर्षण गराउनुभयो ।
 
नेपाली कांग्रेसका रामहरि खतिवडाले मध्यपहाडी राजमार्गको घुर्मी पुल वर्षायाम प्रारम्भ हुनुअघि  बनाउन माग गर्नुभयो । त्यही दलका मैना कार्कीले भेरी करिडोरको स्तरोन्नति र पुल निर्माण गर्न विलम्ब भएको बताउनुभयो ।  माओवादी केन्द्रका मीना तामाङले काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालको सहकार्य टुट्न नहुनेमा जोड दिनुभयो ।
     
एमालेका मेनुकाकुमारी पोखरेलले दाङको आगलागीबाट क्षति भएकाहरुलाई क्षतिपूर्ति दिन माग गर्नुभयो । एमालेकै सांसद रणकुमारी बलम्पाकीले शिक्षक दरबन्दी व्यवस्थापन मिलाउन आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका राजेन्द्रकुमार केसीले गोप्य सूचना  बेचेको भनेर उपप्रधानमन्त्री एवं गृहमन्त्रीले संसदमा लगाएको आरोपको पुष्टि हुनुपर्ने माग गर्नुभयो ।

त्यो समयमा मङ्गलप्रसाद गुप्ता, माओवादी केन्द्रका रणेन्द्र बराइली कांग्रेसका रामनाथ अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन कार्की, कांग्रेसका राजेन्द्र बजगाईँ र रुपा बिक, एमालेका रुक्मिणी राणा बराइली, राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झाले समसामयिक विषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट