
दाङ । लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा सरोज खनालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज मुख्यमन्त्री जोखबहादुर महराले शपथ गराउनुभएको हो ।
शुक्रबार बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले खनाललाई नियुक्ति गरेको थियो । खनालले यसअघि प्रदेश योजना आयोगको सदस्य भएर पनि काम गर्नुभएको हो । कपिलवस्तुको बाणगङ्गा नगरपालिका–८ निवासी खनालले गएको वर्ष भदौमा नियुक्त भएर चैतसम्म काम गर्नुभयो । उहाँसँग यसअघि चक्रपानी खनाल सङ्घको कृषिमन्त्री हुँदा स्वकीय सचिव भएर काम गरेको अनुभव छभने सहकारी, शिक्षा, गैरसरकारी संस्थामा लामो समय काम गरेको अनुभव छ ।
सल्लाहकारमा आचार्य, अर्थविज्ञमा बैद्धिक
प्रदेशका मुख्यमन्त्री महराको राजनीतिक सल्लाहकारमा दाङका निर्मल आचार्यलाई नियुक्त गरिएको छ । माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज समेत रहनुभएका आचार्यलाई मुख्यमन्त्री महराको सचिवालयमा रहने गरी नियुक्त गरिएको हो । उहाँले राज्यमन्त्री सरहको सेवासुविधा पाउनुहुनेछ । आचार्यले आज पदभार ग्रहण गर्नुभएको छ ।
अर्थ तथा विकासविज्ञमा तुलसीपुरका सुशान्त बैद्धिक नियुक्त हुनुभएको छ । उहाँ यसअघिका मुख्यमन्त्री डिल्ली चौधरीको अर्थविज्ञका रुपमा कार्यरत हुनुहुन्थ्यो । वैदिकले लन्डन स्कूल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । उहाँसँग लन्डनकै एक इकोनोमिक कम्पनीमा अर्थशास्त्रीका रूपमा काम गरेको अनुभव छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन