
काठमाडौँ । सांसद रेखा यादवले आगामी आर्थिक वर्षका लागि विनियोजन भएको बजेटको कार्यान्वयन पक्ष फितलो बनाउन नहुनेमा जोड दिनुभएको छ ।
आव २०८१र८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न आज बसेको प्रतिनिधिसभा बैठकमा सांसद यादवले बजेटको कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । ‘जेठ १५ गते अर्थमन्त्रीले नेपालमा उत्पादित अल्लोको झोलामा बोकेर बजेट ल्याउँदा सकारात्मक देखिए पनि झोलाभित्रको वक्तव्यले उत्साह दिन सकेन’ उहाँले भन्नुभयो– ‘समाजवाद अर्थतन्त्र उन्मुख बजेट प्रभावकारी कार्यान्वयन गर्नु चुनौतीपूर्ण छ ।’
सांसद यादवले बजेटमा कृषि दशक घोषणा भए पनि कृषि मन्त्रालयका लागि विनियोजन भएको बजेटको आकार घटाइएको भन्दै उत्पादनशील क्षेत्रलाई राज्यले उपेक्षित गरेकामा आपत्ति जनाउनुभयो । चुरेमा पानीको हाहाकार मच्चिएर जनता समस्यामा परेका भन्दै चुरे संरक्षणका लागि राज्यले प्रभावकारी कार्यक्रम ल्याउन नसकेको बताउनुभयो ।
‘चुरेमा खानेपानी तथा सिँचाइका लागि पानीको अभाव छ । चुरेका बासिन्दा समस्या समाधानका लागि काठमाडौँमा आएर अनशन बसेका छन्’ सांसद यादवले भन्नुभयो– ‘चुरेको ढुङ्गागिटी उत्खनन गर्न खनिजजन्य नीति ल्याएपछि दोहन भएको हो । चुरे दोहन रोक्ने नीति बजेटको प्राथमिकतामा पर्नुपर्छ ।’ उहाँले भएका पुराना उद्योग सञ्चालन गर्न सरकारले सहज वातावरण निर्माण गरिदिनुपर्नेमा जोड दिनुभयो । ‘पुराना उद्योग सञ्चालन गर्न वातावरण नदिने अनि नयाँ उद्योग खोल्न लगानी आह्वान गरेर मात्र हुन्छ ?’ उहाँले संसदमा प्रश्न गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै