
सुनसरी । प्रत्येक वर्ष सुक्खा मौसम सुरु भएसँगै खानेपानी अभाव झेलिरहेको धरानको खानेपानी समस्या चाँडै समाधान हुने सङ्घीय सरकारका खानेपानीमन्त्री राजेन्द्र राईले बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) धरानले आज आयोजना गरेको धरानको खानेपानी समस्या समाधान छलफल कार्यक्रममा मन्त्री राईले सप्तकोशीबाट खानेपानी ल्याउन ‘डिपिआर’को काम अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले केही प्राविधिक कामहरु मात्र बाँकी रहेको जानकारी दिनुभयो । आगामी आर्थिक वर्षमा सप्तकोशी खानेपानी योजनालाई ‘डिपिआर’को लागत अनुमान बमोजिम बजेट विनियोजन गरिएको उहाँले स्पष्ट पार्नुभयो । खानेपानी आयोजनाका लागि ५ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ विनियोजन भइसकेको उहाँले जानकारी दिनुभयो ।
सोही क्रममा धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज साम्पाङ राईसँगको भेटमा मन्त्री राईले भन्नुभयो, “अब ढिला नगरी सप्तकोशीबाट पानी ल्याउन आगामी आर्थिक वर्षमा ‘टेन्डर’ हुन्छ, ढुक्क हुनुहोस् ।” धरानको खानेपानी समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै आगामी आवमा सप्तकोशीको पानी ल्याउने योजनाको ‘डिपिआर’ सकेर लागत अनुमान गरी बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।
आफ्नो कार्यकालमा धरानलाई जसरी पनि पानी खुवाउने वचन मन्त्री राईले दिनुभयो । मन्त्री राईसँगको भेटघाटमा नगर प्रमुख साम्पाङले धरानको खानेपानी समस्या बारेमा ज्ञापनपत्र बुझाउनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन