
काठमाडौँ । प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपालीहरुको विरोधको बीच सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी छ ।
यही जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेस गर्नुभएको थियो । तर, सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली कांग्रेसले संसद अवरुद्ध गरेकाले नीति तथा कार्यक्रममाथि छलफल हुन सकेको थिएन ।
आजको बैठकमा पनि नेपाली कांग्रेसले आफ्नो पूर्वअडान कायम राख्दै संसदमा नाराबाजी गरिरहेको छ । तर सभामुखले त्यसमाथि छलफलका लागि एक घण्टाको समय निर्धारण गरिएको जानकारी गराउनु भएको छ ।
नीति तथा कार्यक्रममाथि दलीय प्रतिनिधित्वको आधारमा छलफल भइरहेको छ । प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरु भने वेल घेरेर नाराबाजी गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह