
काठमाडौँ। आम जनता पार्टीले विदेशमा गएका कामदारबाट लिइएको अवैध रकम फिर्ता दिलाउन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले कामदारबाट लिइएको अवैध रकम फिर्ता र बेथितिविरूद्ध सातै प्रदेशमा विरोधका कार्यक्रमलाई अभियानका रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।
बैठकले विदेशी नागरिकता लिएकाको सम्पति कति र कहाँ छ भन्नेबारे खोजबिन गरी कब्जा गर्न सरकारलाई जनदबाव दिने निर्णयसमेत गरेको अध्यक्ष साहले बताउनुभयो । “भ्रष्टाचार नियन्त्रण गर्नमा राज्यका सङ्यन्त्रको भूमिका प्रभावकारी भएन । त्यसैले बैंकले लिएको मनोमानी ब्याज फिर्ता गराउन सरकारलाई माग गर्ने र लघुवित्त र सहकारीको रकम अपचलन गर्नेविरुद्ध पीडित जनताको पक्षमा जारी सङ्घर्षलाई थप सशक्त, प्रभावकारी एवम् देशव्यापी बनाउने निर्णय गरिएको छ”, अध्यक्ष साहले भन्नुभयो ।
बैठकले शिक्षा क्षेत्रमा सुधारका लागि प्रत्येक विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दीको व्यवस्था गर्न पुनः माग गरेको छ । बैठकले उपत्यका विशेष कमिटीसहित सातै प्रदेशका इञ्चार्जलाई विभिन्न जिम्मेवारीसमेत तोकेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह