
काठमाडौँ । परराष्ट्र सचिव सेवा लम्साल आज सेन्ट जोन्स प्रस्थान गर्दै हुनुहुन्छ ।
एन्टिगुवा र बारबुडाको राजधानी सेन्ट जोन्समा संयुक्त राष्ट्रसङ्घले जेठ १४ देखि १७ गतेसम्म आयोजना गर्न लागेको साना टापु विकासशील राष्ट्रहरुको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उहाँ त्यसतर्फ जान लाग्नुभएको हो ।
सम्मेलनको क्रममा उहाँले अतिकम विकसित देशको समूह (एलडिसिज) को लागि विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्षको रूपमा समूहको तर्फबाट वक्तव्य दिनुहुनेछ । परराष्ट्र सचिव लम्सालले सम्मेलनको अवसरमा विभिन्न द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको मन्त्रालयले जनाएको छ ।
दिगो विकासमा साना टापु विकासशील देशको प्रगति समीक्षा र नयाँ दशकको लागि कार्य योजना प्रस्ताव गर्ने उद्देश्यका साथ सम्मेलन प्रत्येक दश वर्षमा आयोजना गरिँदै आएको । चौथो सम्मेलन ‘उत्थानशील समृद्धितर्फको मार्गचित्र’ भन्ने नाराका साथ हँुदैछ । परराष्ट्र सचिव जेठ १९ गते स्वदेश र्फकनुहुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह