
लुम्बिनी । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बुद्ध धर्मको प्रचारप्रसार गर्न सके विश्वमा बढ्दो द्वन्द्व र हिंसालाई न्यूनीकरण गर्न सहयोगी हुने धारणा राख्नुभएको छ ।
२५६८औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवसका अवसरमा आज आयोजित विशेष समारोहमा उहाँले लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रियस्तरमा सरकारले पहल गरिरहेको बताउनुभएको छ ।
कार्यक्रमका सभापति एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बृहत्तर लुम्बिनीको गुरुयोजना शीघ्र सफल बनाउने बताउँदै अन्तर्राष्ट्रियस्तरको लगानी सम्मेलन सञ्चालन गर्ने कुरामा जोड दिनुभयो ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोखबहादुर महराले विश्वकै बौद्ध धर्मावलम्बीको एक पवित्र ठाउँ, एसियाका ज्योतिका रूपमा परिचित विश्वशान्तिका अग्रदूत गौतमबुद्धको जन्मभूमि लुम्बिनी क्षेत्र हुनु प्रदेशका लागि ठूलो गौरवको विषय भएको बताउनुभयो । उहाँले धार्मिक पर्यटनको माध्यमबाट यस क्षेत्रमा मात्रै आयआर्जन बढाउन सकिने धारणा राख्नुभयो ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुद्धजन्मस्थल लुम्बिनी बौद्ध धर्मालम्बीका लागि मात्र नभएर सारा मानवजातिको लागि भएको बताउनुभयो । संयुक्त राष्ट्रसङ्घका स्थायी प्रतिनिधि हाना सिङ्गर ह्याम्डीले बुद्धजन्मस्थल लुम्बिनी बुद्धदर्शन फैलाउने उर्वर भूमिको रूपमा रहेको बताउँदै विश्व शान्तिको कामना गर्नुभयो । नेपालका लागि श्रीलङ्काका राजदूत एयर चिफ मार्सल सुर्दशना पाथिरानाले बुद्धदर्शन विश्व शान्तिको लागि अत्यन्तै महत्त्वपूर्ण रहेको बताउनुभयो ।
त्यस अवसरमा नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरीसनले बुद्ध पूर्णिमाको महत्वबारेमा बताउँदै पवित्रस्थल लुम्बिनीको पावन जन्मभूमिमा आउनु भाग्य भएको जिकिर गर्नुभयो । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्सटेक०का महासचिव इन्द्रमणि पाण्डेले विश्वलाई बुद्ध दर्शनको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख, प्रतिनिधिसभाका सदस्यहरू, राष्ट्रियसभाका सदस्यहरू, विभिन्न देशका प्रतिनिधि, भिक्षु, भिक्षुणी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कृत समेत गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री