
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको महासचिव पदमा शीतलप्रसाद यादव मनोनित हुनुभएको छ ।
अध्यक्ष महन्थ ठाकुरले सिरहाका यादवलाई पार्टीको संशोधित अन्तरिम विधानअनुसार केन्द्रीय सदस्य यादवलाई महासचिव पदमा मनोनित गर्नुभएको हो ।
लोसपा नेपालले महाधिवेशन लक्षित सदस्यता वितरण अभियान शुरु गरेको छ । जसअनुसार सिरहामा अगामी शनिबार सदस्यता वितरण कार्यक्रम हुने तय भएको छ । गत असोज ८ गते अध्यक्ष ठाकुरले ३ सय ११ सदस्यीय केन्द्रीय समिति घोषणा गर्नुभएको थियो ।
कार्यसमितिमा अध्यक्षसहित ६४ जना पदाधिकारी रहेका छन् । पदाधिकारीमध्ये राजेन्द्र महतो, अनिलकुमार झा, केशव झा, कौशलकुमार सिंह लगायत पदाधिकारीले पार्टी छाडिसक्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह