
काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री डा विमला राई पौडयालले जलवायु परिवर्तनले पछिल्लो समयमा पारेको नकारात्मक प्रभाव न्यूनीकरणका लागि जलवायु अनुकुलन कार्यक्रमका लागि अनुदान बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
यहाँ जारी ‘हिमाल, मानव र जलवायु परिवर्तनस् विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ दोस्रो दिनको ‘स्थानीयरूपमा नेतृत्व अनुकूलनः पहाडदेखि समुद्री पारिस्थितिकी प्रणाली’ विषयक सत्रमा आज उहाँले जलवायु कोषबाट अनुदान ल्याउन प्रक्रिया पनि सरलीकृत हुनपर्ने धारणा राख्नुभयो ।
उहाँले प्राप्त अनुदान महिला तथा सिमान्तकृत समुदायलाई समेत सम्बोधन हुने गरी वितरण गर्न आवश्यक रहेको बताउनुभयो । जलवायु परिवर्तनले ल्याएका समस्यालाई सम्बोधन गरी सामाजिक विभेदको समेत अन्त्य गर्नुपर्ने पौडयलको भनाइ छ ।
‘फरक–फरक स्थानमा जलवायु परिवर्तनको असर पनि फरक छ, जोखिमका आधारमा प्राथमिकीरण गरेर जलवायुका नीति तथा योजना ल्याउनुपर्छ’ उहाँले भन्नुभयो– ‘जलवायु परिवर्तनले ल्याएका चुनौती र समाधानका लागि स्थानीयले परम्परागतरुपमा गर्दै आएका सिकाइलाई समेत आधारित भएर उनीहरुको सफल कथा बाहिर ल्याउनुपर्छ ।’
स्थानीय तहमा जलवायु परिवर्तनका प्रभावले पारेको असरभन्दा जलवायुका प्राविधिक तथा वैज्ञानिक टोली टाढा भएको भन्दै स्थानीय समस्यालाई नियालेर उनीहरुलाई वैज्ञानिक ज्ञान दिन आवश्यक रहेको उहाँको सुझाव छ ।
उहाँका अनुसार जलवायु परिवर्तनको प्रभावकारी कार्यक्रम सञ्चालनका लागि जलवायु परिवर्तनसम्बन्धी ज्ञानमा स्थानीय सरकारलाई सबल बनाउनुपर्छ । नीतिगत कुराहरुमा संवाद अपर्याप्त रहेको भन्दै उहाँले नीतिमा तालेमेल हुन जरुरी रहेकामा जोड दिनुभएको छ ।
जलवायु परिवर्तनका बढी जोखिम महिला तथा सिमान्तकृत वर्गले बढी भोग्नुपरेको भन्दै यी वर्गलाई केन्द्रमा राखेर नीति तथा योजना बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै