
काठमाडौँ । कन्सुलर सेवा विभागले यहाँस्थित एशियाली विकास बैंक, संयुक्त राष्ट्रसङ्घ र दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयका कन्सुलर मामिला हेर्ने कूटनीतिक अधिकरीहरूसँग छलफल गरेको छ ।
मङ्गलबार भएको छलफलमा विभागका महानिर्देशक प्रकाशमणि पौडेलले कन्सुलर सेवालाई सहज रूपमा प्रवाह गर्न विभागले थालेका नयाँ कदमबारे जानकारी दिनुभएको थियो । उहाँले कन्सुलर सम्बन्धी सेवाग्राहीलाई नेपाल सरकार, परराष्ट्र मन्त्रालयले गरेका सुधार तथा नयाँ व्यवस्थाबारे विस्तृत रूपमा जानकारी दिनुभएको थियो ।
छलफलमा संयुक्त राष्ट्रसङ्घ लगायत ती कूटनीतिक नियोगका ६० जनाभन्दा बढीको उपस्थिति थियो । सहभागीले कन्सुलर सेवा प्रवाहका निम्ति आफूहरुलाई समयमै अवगत गराएकामा विभागप्रति कृतज्ञता व्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह