
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी बजेट अनुसार परियोजना तर्जुमा गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ ।
कर्णाली प्रदेश सरकारको आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलनका मङ्गलबार निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिसँगको छलफलमा उहाँले प्रदेश सरकारको क्षमताका आधारमा निजी क्षेत्रले विकास निर्माणको परियोजना अगाडि बढाउनुपर्ने बताउनुभयो । मुख्यमन्त्री कँडेलले भन्नुभयो, “कर्णाली प्रदेश सरकारको आन्तरिक आम्दानी नै न्यून छ । तपाईँ हामीले गरेका सबै अपेक्षा पूरा हुन सक्दैनन् ।”
क्षेत्र र भूमिका हिसाबले फरक भए पनि हामी सबैको गन्तव्य कर्णाली बनाउने हो भन्दै उहाँले निजी क्षेत्रले दिएको राय सुझाव प्रदेश सरकारको आगामी नीतिमा समावेश गरिने जनाउनुभयो ।
समृद्धिको लागि सुशासन आवश्यक भएको र त्यसका लागि नीति नियममा बसेर काम गर्ने कुरा प्रमुख रहेको मुख्यमन्त्री कँडेले बताउनुभयो । उहाँका अनुसार सबैको सहयोगबाट कर्णालीको विकासका लागि आगामी आर्थिक वर्षमा लगानी सम्मेलन गरिनेछ । त्यसैगरी सुर्खेत विमानस्थल निर्माणको जिम्मा सङ्घीय सरकारले लिनेगरी कर्णाली प्रदेश सरकारले त्यसको पहल गर्ने छ ।
कार्यक्रममा उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेश अध्यक्ष पदबहादुर शाही, उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेल, चेम्बर अफ कमर्स सुर्खेतका अध्यक्ष चिन्तामणि कँडेललगायत विभिन्न क्षेत्रमा कार्यरत उद्योग व्यवसायीले कर्णालीको पानी, खानी, विद्युत्, पूर्वाधार, कृषि, पर्यटन, खेल, जडीबुटी, सडक, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रको विकास हुनेगरी आगामी आवको नीति तथा कार्यक्रम ल्याउन सुझाउनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह