
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)का महासचिव इन्द्रमणि पाण्डेबीच भेटवार्ता भएको छ ।
उहाँहरुबीच आज अपराह्न राष्ट्रपति भवनमा शिष्टाचार भेटवार्ता भएको हो । त्यस अवसरमा राष्ट्रपतिले समृद्धि, दिगो विकास र क्षेत्रीय स्थायित्वको साझा आकाङ्क्षाका रुपमा बिम्स्टेक रहेको बताउनुभयो । उहाँले बिम्स्टेक क्षेत्रमा हिमाली भेगदेखि समुद्री तटसम्मका मुलुक रहेका बताउँदै आपसी सहयोगका साथै अन्य सहकार्यका विषयसँगै जलवायु परिवर्तनका असर कम गर्न साझेदारी आवश्यक भएको बताउनुभयो ।
राष्ट्रपतिले जलवायु परिवर्तनका असर कम गर्न हिमाल लगायत पर्यावरण संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभएको शीतल निवासले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह