
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानविनका लागि संसदीय समिति गठनको माग पुनः दोहो-याएको छ ।
कांग्रेस सदंसदीय दलको आज बसेको बैठकले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछाने संलग्न रहेको स्पष्ट प्रमाण देखिएको जनाउँदै निष्पक्ष छानविनका लागि संसदीय समिति गठन गर्न माग पुनः गरेको हो । बैठकपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सहकारीमा गृहमन्त्री लामिछानेको संलग्नताको विषय सञ्चारमाध्यममा आएको विषय मात्र नभइ प्रहरीले छानविन गरेको र जिल्ला अदालतमा दायर गरेको अभियोगको विषय भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– ‘सहकारीको रकम अपचलनमा छानविन गर्न र संलग्नलाई कडा कारबाही गर्न स्वतन्त्र निष्पक्ष समिति हाम्रो बटन लाइन हो । प्रतिनिधिसभाको आइतबारको बैठकमा गृहमन्त्री लामिछानेले कांग्रेसलाई लगाएका आरोप असत्य, भ्रामक, कपोलकल्पित हुन् ।
सचेतक लेखकले गृहमन्त्री लामिछानेले सदनमा अर्कालाई प्रश्न गर्ने होइन, आफूमाथि उठेका प्रश्नको जवाफ दिने हो भन्नुभयो । गृहमन्त्री लामिछानेको गैरजिम्मेवार भनाइ र प्रस्तुतिका सन्दर्भमा कांग्रेसले प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराउने निर्णय गरेको छ । बैठकले गृहमन्त्री लामिछानेले लगाउनुभएका आरोपलाई निष्पक्ष र स्वतन्त्र छानविन गरी प्रमाणित गर्न खुला रहेकोसमेत निर्णय गरेको प्रमुख सचेतक लेखकले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह