
नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेको अध्यक्षमा नीरक गुरुङ विजयी हुनुभएको छ ।
नयाँ कार्यसमितिका लागि आइतबार भएको निर्वाचनको आज विहान सार्वजनिक मतपरिणामअनुसार गुरुङ २ सय ९१ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रत्यासी डिल्ली बिसीले १ सय ५४ मत पाउनुभएको छ ।
शुक्रबारदेखि चलेको नवौँ अधिवेशनमा सर्वसम्मत चयनको प्रयास गरे पनि सहमति नहुँदा निर्वाचन भएको थियो । कार्यसमितिको उपाध्यक्षमा रत्न खत्री विजयी हुनुभएको छ । उहाँले ३ सय १३ मत प्राप्त गर्नुभएको छ । उहाँ लुम्बिनी प्रदेश सरकारको सामाजिक विकासमन्त्रीस मेत हुनुहुन्छ ।
सचिवमा बलराम भट्टराईले १ सय ३९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उपसचिवमा महिलातर्फ निर्मला सुनार र खुलातर्फ किशोर थापा निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत सुनिता शर्माले जानकारी दिनुभएको छ । कूल चार सय ६६ मतदाता रहेकोमा चार सय ५८ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह