
काठमाडौँ । सत्ता र प्रतिपक्षबीचको किचलोको कारण लामो समय अवरुद्ध बनेको प्रतिनिधिसभा बैठक शुरु भएको छ ।
आइतबार बिहान ११ बजेटका लागि बैठक बस्ने कार्यसूची भएपनि २ पटकसम्म सारिएको बैठक पछिल्लो चोटी निर्धारण गरिएको सय भन्दा २ घण्टा ढिलो शुरु भएको हो ।प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्नेगरी तय भएकोमा दलहरुबीच संसदीय छानविन समितिको कार्यादेशमाथि सहमति जुट्न नसकेपछि दिउँसो २ बजेसम्मका लागि सारिएको थियो । त्यो अवधिमा पनि दलहरुबीच सहमति नजुटेपछि दोस्रोपटक सारेर साढे ४ बजेका लागि निर्धारण गरिएको थियो ।
बैठक शुरु भएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सभामुख देवराज घिमिरेले बोल्न समय दिनुभएपछि गृहमन्त्री लामिछानेले भनाइ राखिरहनुभएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने कार्यसूची राखिएको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गर्नुभएको सम्बोधनको प्रति टेबुल गर्नुहुने कार्यसूची छ । राष्ट्रपति पौडेलले जेठ १ गते दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि सभामुखले धन्यवाद प्रस्ताव प्रस्तुत गर्नुहुने पनि कार्यसूचीमा राखिएको छ ।
प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नुहुने कार्यसूची पनि आज राखिएको छ ।
प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा ५३ बमोजिम ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० पेश गर्नुहुनेछ । त्यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्नुहुने कार्यसूची निर्धारण गरिएको थियो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ लाई फिर्ता लिने प्रस्ताव पेश गर्नुहुने कार्यसूची छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै