
काठमाडौँ । राष्ट्रियसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।
आज दिउँसो १ बजेर १५ मिनेटका लागि आह्वान गरिएको बैठक समयमा बस्न नसक्दा पुनः दिउँसो ३ बजेर १५ मिनेटका लागि तय भएको थियो । दोस्रो पटक पनि तोकिएको समयमा बैठक बस्न नसकेपछि भोलिसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभएको छ ।
संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विभिन्न सहकारी संस्थाको रकम हिनामिना सम्बन्धमा संसदीय छानविन समिति गठनको माग गर्दै आएको छ । छानबिन समिति गठनका लागि दलहरुबीच सहमति भए पनि त्यसको कार्यादेश भने अझै टुङ्गिन सकेको छैन ।
सत्ता पक्ष दल र प्रमुख प्रतिपक्षी दलबीच कार्यादेश टुङ्ग्याउनेबारे आज बिहानैदेखि छलफल भइरहेको छ । अहिलेसम्म कार्यादेशको टुङ्गो भने लाग्न सकेको छैन ।
राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभारसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुहुने कार्यसूची तय गरिएको थियो । साथै अध्यक्ष दाहालले विषयगत समितिमा सदस्यहरुको नाम मनोनयन गर्नुहुने कार्यसूची थियो ।
आज निर्धारित बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेठ १ गते राष्ट्रपतिबाट सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनकोप्रति टेबुल गर्ने कार्यसूची तोकिएको थियो ।
आजकै बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सभा समक्ष पेश गर्ने कार्यसूची थियो ।
बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘मिडिया काउन्सिल विधेयक,२०८०’ सभा समक्ष पेश गर्नुहुने तथा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेश गर्नुहुने कार्यसूची थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री