
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भक्तपुरको नवौँ अधिवेशनबाट अध्यक्षमा दोस्रो कार्यकालका वचन देउजा निर्वाचित हुनुभएको छ ।
यसअघि पनि जिल्ला अध्यक्ष रहनुभएका देउजाले दुई सय ९० मत प्राप्त गर्नुभएको छ । उहाँका प्रत्यासी मोहनवीर श्रेष्ठले दुई सय एक मत प्राप्त गर्नुभयो । अध्यक्षका प्रत्यासी श्रेष्ठ यसअघि जिल्ला कमिटी सचिव हुनुहुन्थ्यो ।
त्यसैगरि उपाध्यक्षमा किरण थापा विजयी हुनुभएको छ । सचिवमा विष्णु तामाङ, उपसचिवमा सानुकाजी कायस्थ र उत्तरा नेपाल विजयी हुनुभएको छ । प्रत्येक वडाबाट सदस्य सङ्ख्याको आधारमा र १८ वटा जनवर्गीय सङ्गठन, सल्लाहकार समेत गरी चार सय ९८ जना अधिवेशन प्रतिनिधि सहभागी थिए ।
त्यसमध्ये चार सय ९१ मत खसेको थियो । सदस्य र लेखासमिति समेत गरी एक सय १३ सदस्य निर्वाचित भएको निर्वाचन अधिकृत शिवराम तिमिल्सिनाले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह