
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यायसंवाद कार्यक्रम शुरु गरेको छ ।
न्याय निरुपणका बारेमा जानकारी दिने मुख्य उद्देश्यका साथ कार्यक्रम थालिएको कामपाले जनाएको छ । कामपाको सूचना अधिकारी वसन्त आचार्यका अनुसार न्यायिक समितिको निर्णयअनुसार प्रत्येक वडामा रहेको वडा महिला सञ्जाल रहेकाले सञ्जालमार्फत न्याय संवाद कार्यक्रम शुरु गरिएको हो ।
यस कार्यक्रमको मुख्य उद्देश्य कामपाले कस्ताकस्ता किसिमका न्याय निरुपणको काम गर्छ, कुन विषयसँग सम्बन्धित न्याय पाउनका लागि केन्द्रमा जाने, कुन विषयको न्याय वडामार्फत नै हुन्छ भन्नेबारे नागरिकलाई जानकारी दिनु रहेको सूचना अधिकारी आचार्यले बताउनुभयो ।
कामपामा केकस्ता कानुन रहेका छन्, वडाबाट कुनकुन कानुनी सेवा प्राप्त हुन्छ, उजुरीहरु कहाँ दर्ता गर्ने, अन्याएमा पर्दा कुन विषय लिएर महानगरमा आउने र कुन विषयका बारेमा प्रहरीसमक्ष जाने, कुन विषयमा अदालत जाने र समग्र कामपाले दिने सेवाका बारेमा जानकारी दिनका लागि कार्यक्रम थालिएको सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम वडा १५ बाट शुरु भइसकेको छ ।
कामपामा रहेका ३२ वटै वडामा यो कार्यक्रम विस्तार गर्ने तयारी गरिएको आचार्यले जानकारी दिनुभयो । ‘न्यायलाई अहिले स्थानीयकरण गरेकाले पनि नागरिकलाई समग्रपक्षका बारेमा जानकारी दिनु आवश्यक छ’ उहाँले भन्नुभयो– ‘अहिले वडामा नै मेलमिलाप केन्द्र, मेलमिलाप सहजकर्ता तथा न्यायिक सहजकर्ता छन् ।’
विवाद सिर्जना हुनबाट बचाउनका लागि सचेतना कार्यक्रम, सिर्जना भएका विवादलाई परिवार र टोलमै मिलाउन प्रोत्साहन, यहाँबाट मिल्न नसकेको विवाद वडाको महिला सञ्जालमै मिल्न सकुन् । यसबाट दुवै पक्षले लाभ पाउन सकुन् भन्ने अभिलाषा राखेर कामपाले यस कार्यक्रम थालेको हो ।
महिला सञ्जालले लिखित र मौखिक दुवै प्रकारका विवाद ग्रहण गर्ने गरेको कामपा महिला सञ्जालकी संयोजक मैयाँलक्ष्मी महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो– ‘प्रकृतिका आधारमा मेलमिलाप गराउने वा नगराउने निर्णय गर्छौं ।’
महर्जनका अनुसार वडामा आउने विवादमा, जग्गा मिचेको, कोठा खाली गराउनुपर्ने, अदालत वा महानगरपालिकाले गरेको फैसला कार्यान्वयन गराइ पाउन, लेनदेन व्यवहार, पारिश्रमिक दिलाइ पाउने, व्यावसायिक क्रियाकलापले बस्तीमा असर गरेको, सम्बन्धविच्छेद, पारिवारिक विवाद, छिमेकीले कानुन मिचेर झ्याल राखेको लगायत रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै