
रामेछाप । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी ठगीसम्बन्धी संसदीय छानविन समिति गठन नभएसम्म सदन चल्न नदिने बताउनुभएको छ ।
नेपाल प्रेस युनियनले मन्थलीमा आज आयोजना गरेको पत्रकार भेटमा उहाँले सत्ता पक्ष र प्रतिपक्षका सांसद आफ्ना आसनमा नबसेका बेला बिहीबार सभामुखले जबरजस्ती सदन सञ्चालन गरेको आरोप लगाउनुभयो ।
प्रधानमन्त्रीले सहकारी ठगीसम्बन्धी छानबिन गर्न संसदीय समिति बनाउन आस्वासन दिएपछि सहमत भएर कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएको भए पनि प्रस्तुत नीति तथा कार्यक्रम परम्परागत भएको आरोप लगाउँदै पार्टीको ‘बटम लाइन’ संसदीय छानबिन समिति हो भन्नुभयो । उहाँले समिति गठन सडक आन्दोलन गर्ने चेतावनी पनि दिनुभयो ।
नीति तथा कार्यक्रममा महिला सशक्तीकरण, व्यापार व्यवसाय प्रवद्र्धन र वैदेशिक रोगजारीमा गएका ३० लाखभन्दा बढीलाई निजी क्षेत्रसँगको साझेदारीमा फर्काएर उनीहरूलाई रोजगारी दिने योजना समावेश नभएको आरोप पनि लगाउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु