
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले देश बनाउने संकल्पसहित युवा अगाडि बढ्नुपर्ने बताउनु भएको छ ।
आज नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उहाँले युवाले संकल्प नगरेसम्म देश विकास नहुनेसमेत बताउनुभयो । उहाँले आफ्नो पार्टीमा आवद्ध युवालाई समाज बदल्ने पार्टीका अभियानमा कटिवद्ध भएर लाग्नसमेत आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘देश बनाउने बेलामा देश छाड्ने युवाको लर्को धेरै छ, यो बेला देशलाई देश छाड्नेभन्दा देश बनाउने युवाको आवश्यकता छ । त्यसैले आम युवालगायत नेकपा एमालेमा आवद्ध सबै युवालाई देश बनाउने संकल्पसहित अगाडि बढ्न आग्रह गर्दछु ।’
जनताले समस्या पर्दा पार्टीलाई नभई युट्युबर र अभियन्तालाई खोज्ने अवस्था सृजना भइरहेको भन्दै उहाँले पार्टीलाई जनतासंग जोड्ने एजेण्डा लिएर जनताको घरदैलोमा जान आवश्यक रहेको समेत बताउनुभयो । यस्तै, ‘मिसन ८४’ सफल पार्न जनतासँग नजिक रहेर काम गर्न पनि उहाँको आग्रह थियो ।
कार्यक्रममा नेकपा एमालेका पोलिब्यूरो सदस्य महेश बस्नेत, एमाले केन्द्रीय सदस्यहरू सोमप्रसाद मिश्र, तुलसा दाहाल, एमाले बागमति प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल, एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष वासुदेव थापा, सचिव मोहनबीर श्रेष्ठलगायतले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।
त्यसअवसरमा मध्यपुरथिमीमा जिब्रो छेडेर संस्कृति जोगाउन लाग्ने सुजन बागश्रेष्ठलाई सम्मान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह