
काठमाडौँ । विभिन्न राजनीतिक दलका युवा नेताहरूले देशमा राजनीतिक स्थायित्वका लागि शासकीयस्वरूप र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को आयोजनामा काठमाडौँमा जारी विद्यार्थी महोत्सव—२०८१ मा ‘कसरी सम्भव छ राजनीतिक स्थायित्व विषयक’ सामूहिक छलफलमा उहाँहरूले त्यस्तो जोड दिनुभएको हो ।
छलफलमा नेकपा (एमाले)का सचिव योगेश भट्टराईले मुलुकमा राजनीतिक स्थायित्व भए पनि शासकीय व्यवस्थाका कारण अस्थिरता देखिएको भन्दै त्यसमा परिवर्तन जरूरी रहेको बताउनुभयो । संविधानमा भएको शासकीयस्वरुप र निर्वाचन प्रणालीले मुलुकको शासन व्यवस्थामा स्थायित्व दिन नसक्ने भन्दै जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी प्रमुख राख्ने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ ।
‘मुलुकमा व्यवस्था परिवर्तन गरेर हामीले राजनीतिक स्थायित्व पाइसकेका छौँ तर शासकीय प्रबन्ध र निर्वाचन प्रणालीका कारण सरकारको स्थायित्व हुनसकेको छैन’ उहाँले भन्नुभयो– ‘अब सरकार र शासन स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्छ ।’ उहाँले संसदलाई समावेशी बनाउन राष्ट्रियसभालाई पूर्र्ण समानुपातिक वा प्रत्यक्ष निर्वाचनमै समावेशी व्यवस्था गर्ने भन्नेबारे छलफल गर्न सकिने उहाँको भनाइ छ ।
कार्यक्रममा नेपाली काङग्रेसका नेता प्रदीप पौडेलले यहि व्यवस्थाभित्र शासन व्यवस्थाको स्थायित्व खोज्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिक दलका नेतृत्वका स्वार्थका कारण शासन व्यवस्थामा स्थायित्व हुन नसकेको धारणा राख्नुभयो । ‘निर्वाचनमा कुनै पनि राजनीतिक दलले किन बहुमत ल्याउन सकेनौँ भन्ने विषयको खोजी गरौँ । त्यसपछि बाँकी विषयमा छलफल र समाधानको विधिबारे गम्भीर समीक्षा गरेर अगाडि बढ्नुपर्छ’ उहाँले भन्नुभयो ।
नेपाल समाजपाटी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले प्रत्यक्ष निर्वाचित सरकार प्रमुख र पूर्णसमानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरेमात्र मुलुकले स्थायित्व पाउने बताउनुभयो । ‘प्रत्यक्ष निर्वाचनमा गयौँ भनेमात्र मुलुकमा शासकीय स्थायित्व ल्याउन सकिन्छ । त्यस्तै पूर्णसमानुपातिक निर्वाचन प्रणालीमार्फत सीमान्तकृत लगायत पछाडि परेका वर्ग समुदायको प्रतिनिधित्व संसदमा हुन्छ’ उहाँको भनाइ छ । संसदलाई सरकारमा सहभागि नगराउने र व्यवस्थापिकालाई विधायिकाको काममा लगाउनुपर्नेमा समेत उहाँको जोड थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’