
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले भृकुटीमण्डपमा आयोजना गरेको ‘म स्वदेशमै पढ्छु विद्यार्थी महोत्सव–२०८१’ आज पनि जारी छ ।
युवा विद्यार्थीलाई नेपालको शिक्षाबारे जानकारी गराउन र आफ्नै देशमा उच्च शिक्षा हासिल गर्नुपर्छ भन्ने भावना जगाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । मङ्गलबारदेखि शुरु भएको महोत्सवमा विद्यार्थीको उल्लेखनीय सहभागिता छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले महोत्सवमा विद्यार्थीले देशको शिक्षा प्रणाली र यहाँका कलेजका बारेमा जानकारी लिएको बताउनुभयो ।
महोत्सवको आज दोस्रो दिन ‘कसरी सम्भव छ राजनीतिक स्थायित्व’ भन्ने विषयमा एमालेका सचिव योगेश भट्टराई, नेपाली कांग्रेसका नेता प्रदीप पौडेल र विद्यार्थी नेत्री मानुसी यमी भट्टराईबीच छलफल हुनेछ ।
महोत्सवमा आएका विद्यार्थीलाई दुनाटपरी र गुन्द्री बुन्न सिकाइने छ । भोलिसम्म सञ्चालन हुने महोत्सवमा १ सय ५० भन्दा बढी प्रदर्शनकक्ष राखिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह