
काठमाडौँ । इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको निधन भएको छ ।
लामो समयदेखि मुटुको रोग लगायत समस्या झेल्दै आउनुभएका इतिहासकार नेपालको मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारको क्रममा ९२ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।
भाइ एकमणिका अनुसार उहाँलाई सिभिल अस्पतालबाट गंगालाल हुँदै मनमोहनमा भर्ना गरिएको थियो । तर स्वास्थ्यमा सुधार हुन नसकेको उहाँले बताउनुभयो । ज्ञानमणिको पत्नीको केही वर्षअघि नै निधन भइसकेको छ । उहाँका दुई छोरा हुनुहुन्छ ।
ज्ञानमणिले नेपालको प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गरेर पुस्तक निकाल्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु