
काठमाडौँँ । संसदको गतिरोध अन्त्यको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरुसँग छलफल गर्नुभएको छ ।
प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता छानविनका लागि संसदीय समिति बनाउनुपर्ने माग गर्दै संंसद अवरुद्ध पार्दै आएको छ ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने बेला कांग्रेसले संंसद अवरुद्ध पारेपछि प्रधानमन्त्रीले आज बिहानै महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरुलाई बालुवाटारस्थित निवासमा बोलाएर छलफल गर्नुभएको हो ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले छलफलमा आज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले गतिरोध अन्त्य गर्नृुपर्नेमा जोड दिनुभएको छ। कांग्रेसले भने आफ्ना माग सम्बोधन नभए राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि अवरोध हुनसक्ने चेतावनी दिएको छ ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद ९प्रतिनिधि सभा र राष्ट्रिय सभा० को संयुक्त आज दिउँसो ३ बजे बस्दैछ । बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ ।
त्यो बैठकमा कसरी प्रस्तुत हुने भनेर तय गर्न कांग्रेस संसदीय दलको बैठक मंगलबार बिहान ९ बजे बस्दैछ । प्रधानमन्त्रीले त्यसअघि कांग्रेस नेताहरुसँग छलफल गर्नुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’