
काठमाडौँ। सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ बीच टेलिफोन वार्ता भएको छ ।
आज बिहान सभामुख घिमिरेले टेलिफोन गरी प्रधानमन्त्री दाहालसँग सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्नुभएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिनुभयो ।
त्यसक्रममा उहाँहरूबीच राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयास र संसदको तयारीबारे छलफल भएको पनि अधिकारीले बताउनुभयो ।
प्रधानमन्त्री दाहलले राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल, सत्ताघटक दलहरूसँग विपक्षीका मागबारे कुराकानी भएको र आज साँझसम्म निष्कर्षमा पुगिने बताउनुभएको सभामुखलाई उद्धृत गर्दै अधिकारी जानकारी दिनुभयो । प्रधानमन्त्री दाहलले राष्ट्रपति रामचन्द्र पौडेलसँग भएको छलफलबारे पनि सभामुखलाई जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री दाहलले आफू चितवनबाट फर्केलगत्तै संसदको गतिरोध अन्त्यका विषयमा संवाद सुरू गर्ने पनि जानकारी गराउनुभएको सभामुखको सचिवालयले जनाएको छ ।
सभामुखले हिजो कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग छलफल गर्नुभएको थियो । उहाँले नीति तथा कार्यक्रम र बजेटमा राजनीति नगरी सहमति गनुपर्नेमा जोड दिनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा