
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले अन्तर्राष्ट्रियजगतले नेपालको राजनीतिक अस्थिरता ल्याउन बौद्धिकजगतलाई प्रयोग गर्ने गरेको बताउनुभएको छ ।
नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेला समापन कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले नेपालमा राजनीतिक अस्थिरता सिर्जना गर्न अनेक तरिका अपनाउने गरेको र बढी दुरुपयोग बौद्धिकजगत् हुने गरेको छ भन्नुभयो । नेपालको हित मात्र नभई सिङ्गो एशियालाई पुरानो विरासतबाट फर्काउनमा नेपालको महत्वपूर्ण भूमिका हुने उहाँको धारणा छ ।
महासचिव पोखरेलले नेपालको राजनीतिक अस्थिरता र सामाजिक अराजकता चुनौती रहेको बताउनुहुँदै मुलुकको विकास र समृद्धिका लागि दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल आवश्यक रहेको बताउनुभयो । उहाँले राजनीतिक परिस्थिति बदलिए पनि सामाजिक मनोविज्ञान बदल्न नसकेको स्वीकार गर्नुभयो । ‘जबसम्म समाजिक मनोविज्ञान बदल्न सक्दैनौँ । तबसम्म राष्ट्र निर्माणका लागि अनुकूल आधार निर्माण हुन सक्दैन । त्यस अर्थमा हामीले राज्यलाई कमजोर होइन बलियो बनाउनुपर्दछ । राज्यसँग जनतालाई जोड्नुपर्दछ’ उहाँले भन्नुभयो ।
विकास र समृद्धिका यात्रामा राज्य र जनतालाई जोड्ने राजनीतिक दलको कार्यभार रहेको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा