
काठमाडौँ । लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित सिनोहाइड्रो सगरमाथा पावर कम्पनी लिमिटेडले जल्गिनी–अर्खलेबेँसी सडक स्तरोन्नति सङ्घर्ष समितिलाई वार्ताको माध्यमबाट समस्याको निकाय खोज्नुपर्ने बताउँदै त्यसनिम्ति वार्तामा बस्न आह्वान गरेको छ ।
उक्त कम्पनीले अपिल जारी गर्दै सङ्घर्षका सम्पूर्ण कार्यक्रम त्यागेर वार्तामा आउन समितिलाई आग्रह गरेको छ । कम्पनीले नेपाल सरकारको कानुनमा नै व्यवस्था भएको १० प्रतिशत पानी नियमितरुपमा छाड्ने, स्थानीयले पाउनुपर्ने १० प्रतिशत शेयर, निर्माणका बेला र त्यो सम्पन्न भएपछि पनि प्रभावित क्षेत्रभित्रको सडक स्तरोन्नति गर्न सकारात्मक रहेको स्पष्ट गरेको छ ।
कम्पनीले सडक स्तरोन्नति गर्न तथा त्यसनिम्ति आवश्यक पर्ने रकमसमेत उपलब्ध गराउन सकारात्मक रहेको जनाउँदै आयोजनालाई प्रभावित पार्ने कुनै किसिममा गतिविधि नगर्न समितिसमक्ष अनुरोध गरेको छ ।
सङ्घर्ष समितिका संयोजक युवा घले र सचिव लोकनाथ घिमिरेले शुक्रबार संयुक्त वक्तव्य निकालेर आजदेखि चरणव्द्धरुपमा आन्दोलन गर्ने घोषणा गरेपछि कम्पनीले वार्तामा आउन आह्वान गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा