
काठमाडौँ । सङ्घीय संसद् बर्खे अधिवेशनअन्तर्गत आजदेखि शुरु गन लागिएको प्रतिनिधिसभा बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरद्ध पारेको छ ।
कांग्रेस लगायत प्रतिपक्ष दलका सांसदहरु सहकारी अनियमितामा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने समेत जोडिएको भन्दै तयस बारे अनुन्धान गर्न संसदीय छानविन समिति बनाउनुपर्ने माग गर्दै बैठक अवरुद्ध पारेका हुन् ।
निर्धारित समयभन्दा एक घन्टा ढिलो भएको बैठकको शुरुमा सभामुख देवराज घिमिरेले सदन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । उहाँले आजका समस्या र समाधानका लागि जिम्मेवार भई जनताका मुद्धामा केन्द्रित भई प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सदनमा उठेका मुद्धाको समयमा सुनुवाइका लागि सरकारले दायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो ।
सभामुख घिमिरेले उपनिर्वाचनबाट निर्वाचित सुहाङ नेम्वाङ र समानुपातिक तर्फका जनता समाजवादी पार्टीका सांसद हसिना खातुनलाई बैठकमा स्वागत गर्नुभयो ।
बैठकमा कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगनमुमार थापाले बोल्नु भएको थियो । महामन्त्री थापाको सम्बोधन सकिए लगत्तै कांग्रेस सांसदहरु बसेको स्थानबाट जुरुकक उठेर संसदीय छानविन समिति गठनको माग गर्दै नाराबाजी गरेका हुन् । त्यसपछि सभामुख घिमिरे बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा